site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ओखलढुंगामा चट्याङ लागेर दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । मंगलबार चट्याङको झिल्को लागेर त्यहाँस्थित हरि तामाङको होटेलमा खाजा खाँदै गरेका दुईजना घाइते भएका हुन् ।

चट्याङ लाग्दा चम्पादेवी–८, विलन्दुका ३१ वर्षीय  चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उनले बताए ।

चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थाननजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ । रासस

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro