site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात किलो गाँजासहित एयरपोर्टबाट एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेका विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले भने, “थाई एयरको उडानमार्फत बैंकक हुँदै गए राति (वैशाख १) नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।”

थप अनुसन्धानका निम्ति भिजयनलाई लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro