site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महासंघ स्थापित नेपाल डेभलपमेन्टको हकप्रद सेयर निष्कासन  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल)ले पुँजी बढाउने भएको छ । कुल १० अर्ब रुपैयाँ लगानीमा स्थापित एनपीडीएलले पुँजी बढाउन १ बराबर १.६४ प्रतिशत हकप्रद सेयर मंगलबार (वैशाख २) निष्कासन गर्न लागेको हो ।

गएको फागुनमा सम्पन्न विशेष साधारणसभाको निर्णयानुसार प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद सेयर निष्कासन गर्न लागिएको छ । हकप्रद सेयरबापतको रकम आउँदो जेठ २ गतेभित्र भुक्तानी गर्न कम्पनीले सेयरधनीलाई भनेको छ ।

सेयर खरिद नगर्नेको हिस्सा अरू संस्थापक सेयरधनीलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको पहलमा लगानी कम्पनी स्थापना गरिएको हो । साधारण सेयर (आईपीओ) जारी गरेर पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने कम्पनीको लक्ष्य छ । कम्पनीले लगानीकर्तालाई नयाँ अवसर प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro