site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हंगेरीको संविधानले लगायो एलजीबीटीक्यूप्लसलाई सार्वजनिक कार्यक्रममा प्रतिबन्ध 

काठमाडौं । हंगेरीको संसद्ले सोमबार लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीक्यूप्लस) समुदायलाई सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउन अनुमति दिने प्रावधान राखेर संविधानमा संशोधन गरेको छ । 

सत्तारुढ दल फिडेस्ज–केडिएनपी गठबन्धनले संविधानमा संशोधन प्रस्ताव गरेको थियो । यो संशोधन पारित गर्न दुई–तिहाई मत आवश्यक भएकोमा संसद्‌मा भएको मतदानमा १४० मत पक्षमा र २१ ले विपक्षमा परेको समाचार संस्था एपीले जनाएको छ । 

यो निर्णयलाई कानुनविद् र आलोचकहरूले जनविरोधी र अधिनायकवादतर्फ अर्को कदम भएको बताएका छन् ।

संसद्‌मा मतदानअघि विपक्षी नेताहरू र प्रदर्शनकारीहरूले संसद्को पार्किङ ग्यारेजको प्रवेशद्वार नै अवरुद्ध गर्ने प्रयास गरेका थिए । 

नयाँ संशोधित प्रावधानअनुसार बालबालिकाको नैतिक, शारीरिक र आध्यात्मिक विकासको शान्तिपूर्ण सभा गर्ने र जीवनको अधिकार अन्य कुनै पनि अधिकारभन्दा बढी महत्वपूर्ण हुने बताएको छ । हंगेरीको विवादास्पद बालसंरक्षण कानुनले १८ वर्षभन्दा कम उमेरका युवालाई समलैंगिकताको चित्रण वा प्रचार गर्न प्रतिबन्ध लगाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro