site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्यानमारमा स्वास्थ्य सेवा गरी फर्केको टोलीलाई सेनाको सम्मान 

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्यउपचारका लागि खटिई स्वदेश फिर्ता भएका नेपाली सेनाको टोलीलाई जंगीअड्डामा सम्मान गरिएको छ । एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले २३ जनालाई आज आइतबार महारथी श्री प्रशंसा निसानद्वारा सुशोभित गरेका हुन् । 

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्ननेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरी शुक्रबार स्वदेश फिर्ता भएको थियो ।

उक्त टोलीमा शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित थिए । चिकित्सकीय टोलीले म्यानमारको म्यान्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीलाई ओपीडी सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro