site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बबरमहल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा शनिबार (चैत ३०) मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

परिचय नखुलेका ती व्यक्तिको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार एक/एकजनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro