site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नवलपरासी पूर्वमा सबैभन्दा धेरै, १२ घण्टामा कहाँ कति भयो वर्षा ?

काठमाडौं । देशका धेरै स्थानमा शनिबार (चैत ३०) वर्षा भएको छ । काठमाडौंसहितका स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो १२ घण्टा (शनिबार दिउँसो साढे ३ बजेसम्म)मा नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा मापन गरिएको छ । नवलपरासी पूर्वकै देउराली नवल केन्द्रमा ३७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

विभागका अनुसार, बागलुङमा ३६.२, नवलपरासी पूर्वको दुम्कौलीमा ३०.८, प्युठानको सेउलीबाङमा २९.४, रुपन्देहीको तिलोत्तमामा २९, मकवानपुरको सिलिंगेमा २८.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

काठमाडौंका पानीपोखरीमा ७.४, सुन्दरीजलमा ६.४, बबरमहलमा ५.२, कीर्तिपुरमा ४.८, धाम ड्याममा ४.२, साँखुमा ३.८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, भक्तपुरका नगरकोटमा ८.२, ताथलीमा ६.६, ललितपुरका गोदावरीमा ५, टीकाथलीमा १.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायु र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ ।

adfsgm-1744456673.jpg
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro