site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला गर्न अनुमति

काठमाडौं । अमेरिकी अदालतले कोलम्बिया विश्वविद्यालयका एक विद्यार्थीलाई देश निकाला गर्न अनुमति दिएको छ । 

अमेरिकी एक न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलिललाई देश निकाला गर्नसक्ने फैसला गरेका छन् ।

अध्यागमन अदालतको निर्णयको अर्थ खलिललाई तत्काल देशबाट निष्कासन गरिनेछ भन्ने होइन । न्यायाधीशले खलिलका वकिलहरूलाई यस आदेशविरुद्ध अपिल गर्न अप्रिल २३ सम्मको समय दिएका छन् ।

प्यालेस्टाइन समर्थकको विरोध प्रदर्शनमा भूमिका खेलेको आरोपमा  खलिललाई गत महिना पक्राउ गरिएको थियो ।

खलिल मार्च ८ देखि लुइसियाना डिटेन्सन सेन्टरमा छन् ।

खलिलले आफ्नो गिरफ्तारी प्यालेस्टिनीहरूको अधिकारको लागि आवाज उठाएको परिणाम भएको बताएका छन् । खलिल संयुक्त राज्य अमेरिकाका कानुनी रूपमै स्थायी बासिन्दा हुन् । 

यद्यपि, अमेरिकी सरकारले शीतयुद्धकालीन अध्यागमन कानुनलाई अमेरिकी विदेश नीतिको हित विपरीत भएको उल्लेख गरेको छ । बीबीसी

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro