site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईं र ‘बडिगार्ड’ खड्कामाथि अनुसन्धान गर्न १२ दिनको म्याद (तस्बिरहरू)
तस्बिरहरू : न्युज एजेन्सी नेपाल ।

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले शुक्रबार (चैत २९) प्रसाईं र खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद दिएको त्यहाँका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं उक्त प्रदर्शनका ‘कमान्डर’ थिए ।

प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । सोही दिन साँझदेखि प्रसाईं फरार थिए ।

थप तस्बिर हेर्नोस्–

durga-prasain7-1744365636.jpg

durga-prasain8-1744365636.jpg

 

durga-prasain3-1744365635.jpg

durga-prasain4-1744365635.jpg

durga-prasain5-1744365635.jpg

durga-prasain6-1744365635.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro