site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रिय गौरवका आयोजनाको प्रगति टिठलाग्दो : सुझाव आयोग
सुर्खेतस्थित भेरी–बबई सिँचाइ आयोजनाको ड्यामस्थल । फाइल तस्बिर : रासस ।

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आर्थिक वर्ष २०६८/६९ देखि राष्ट्रिय गौरवका आयोजनाको प्रगति टिठलाग्दो रहेको टिप्पणी गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई शुक्रबार (चैत २९) आयोग पदाधिकारीले बुझाएको आर्थिक सुधार प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सुस्त रहेको उल्लेख छ ।

सरकारले २७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकरण गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा खेलकुदसँग सम्बन्धित तीन क्रिक्रेट रंगशाला निर्माणलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकरण गरिएको थियो ।

हालसम्म दुई विमानस्थल, एक खानेपानी र एउटा जलविद्युत् आयोजना गरी राष्ट्रिय गौरवका चार आयोजनाको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवका आयोजनालाई स्रोत अभाव हुन नदिने र सघन अनुगमन गर्ने भनिए पनि कार्यान्वयन पक्ष सन्तोषजनक नरहेको आयोगले जनाएको छ ।

“कतिपय यस्ता आयोजनाहरू जस्तै, बबई सिँचाइ आयोजना आर्थिक वर्ष २०४५/४६ देखि सुरु गरिएको थियो । कतिपय आयोजनाहरू जस्तै, बूढीगण्डकी जलविद्युत् आयोजना, निजगढ विमानस्थल, पश्चिम सेती जलविद्युत् आयोजना सुरु नै हुन सकेको छैन,” प्रतिवेदनमा भनिएको छ ।

पशुपति क्षेत्र विकास कोषजस्तो निरन्तर प्रकृतिको आयोजना पनि गौरवको आयोजनाका रूपमा राखिएको आयोगले जनाएको छ ।

आयोजना सम्पन्न गर्न लामो समय लाग्दा सुरुको अनुमानभन्दा वास्तविक लागत उच्च हुने गरेको छ । त्यसले आयोजनाको प्रतिफल ज्यादै न्यून हुने गरेको आयोगको ठहर छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro