site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीच अझै भएन भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएको सात दिनपछि मात्रै मेयर बालेन्द्र शाह (बालेन) बिहीबार कार्यालय पुगे । बालेन कार्यालय छिर्दा गुरागाईं कार्यालयबाट बाहिरिएका थिए ।

“प्रमुख प्रशासकीय अधिकृत बाहिर निस्किनुभयो । त्यतिबेला नै मेयर कार्यालय आउनुभएको थियो,” प्रमुख प्रशासकीय अधिकृत निकट स्रोतले भन्यो ।

स्रोतका अनुसार, गुरागाईंले अहिलेसम्म बालेनलाई भेटेका छैनन् । गुरागाईं भने आवश्यकताअनुसार मेयरसँग भेट हुने बताउँछन् ।

“सँगै काम गर्ने भएपछि नभेट्ने कुरै हुँदैन, भेट होला,” गुरागाईंले बाह्रखरीसँग भने भने ।

मेयर बालेनको असन्तुष्टिका बाबजुद प्रमुख प्रशासकीय अधिकृत गुरागाईं चैत २१ गते कार्यालयमा हाजिर गर्न पुगेका थिए । तर, उनलाई नगरप्रहरीले रोक्न खोजेको थियो । महानगर प्रहरीको अवरोधका बीच जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro