site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक सुधार सुझाव आयोगले भन्यो– नेपालले ऊर्जा सुरक्षामा ध्यान दिएन

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विश्वभर ऊर्जा सुरक्षाको विषय प्राथमिकतामा पर्दा नेपालले भने महत्त्व नदिएको औँल्याएको छ ।

नेपालमा ऊर्जा सुरक्षाको विषय प्राथमिकतामा नपरेको आयोगको निष्कर्ष छ । नेपालको संविधानले समेत ऊर्जा सुरक्षालाई महत्त्व नदिएको आयोगले उल्लेख गरेको छ ।

आयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जामा जोड दिन सुझाएको छ । 

संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बद्ध सम्मेलन कोप–२७ ले प्रकृति, खाद्यान्न, जल, उद्योग अकार्बनिकीकरण र जलवायु अनुकूलनसमेत गरी पाँच मुद्दा प्राथमिकतामा राखेको छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई ‘आर्थिक सुधारको मार्गचित्र’ शीर्षकको प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro