site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको पुनर्संरचना गर्न सुझाव, नयाँ स्टकबारे बोलेन आयोग

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरेर निजी क्षेत्रलाई सेयर बिक्री गर्न सुझाव दिएको छ । आयोगले नयाँ स्टकबारे केही सुझाव दिएको छैन ।

आयोगमा पूर्वअर्थसचिव तथा अर्थशास्त्री रामेश्वर खनाल अध्यक्ष छन् । सदस्यमा अर्थशास्त्रीहरू डा. विश्वास गौचन, डा. कल्पना खनाल, प्रा.डा. रामप्रसाद ज्ञावाली र डा. प्रकाशकुमार श्रेष्ठ छन् । निजी क्षेत्रबाट सदस्यमा चन्द्रप्रसाद ढकाल, राजेश अग्रवाल र कमलेश अग्रवाल छन् ।

“नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी यसको पुँजीवृद्धि गर्नुका साथै निजी क्षेत्रलाई सेयर सहभागिता गराउनुपर्छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पनि पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थालाई पनि सेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था गर्ने,” प्रतिवेदनमा उल्लेख छ ।

आयोगले धितोपत्र कारोबारका लागि धितोपत्र व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था मिलाउन पनि सुझाव दिएको छ । वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने र यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्ने सुझाव दिइएको छ ।

निजी क्षेत्रका उत्पादनमूलक कम्पनीलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहज बनाउन सेयर तथा बन्ड जारी गर्ने लागत घटाउनुपर्ने र प्रक्रिया सरलीकृत गर्नुपर्ने सुझाव छ । प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारीको गर्न पारदर्शी विधि बनाउने र यस सम्बन्धमा जनचेतना बढाउनुपर्नेसमेत सुझावमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro