site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा वायु प्रदूषण घट्यो, अझै छैन स्वस्थकर 
फाइल तस्बिर ।

काठमाडौं । झन्डै तीन सातायता उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार (चैत २८)देखि केही कम भएको छ । तर, अझै स्वस्थकर भइसकेको छैन ।

शुक्रबार (चैत २९) बिहान ११ः१५ बजे उपत्यकाका तीन स्थानको वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ छ । ती स्थानको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १०० देखि १२० सम्म छ ।

उक्त समयमा ललितपुरका खुमलटार र भैँसेपाटी र काठमाडौंको शंखपार्क विशेष वर्गका निम्ति अस्वस्थकर छन् ।

यीबाहेक अरू स्थानको एक्यूआई १०० कम छ । उपत्यकाका विभिन्न स्थानको एक्यूआई बुधबार (चैत २७) दिउँसोसम्म अधिकतम १५० देखि १८० सम्म थियो ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro