site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापाबाट काठमाडौं ल्याइँदै दुर्गा प्रसाईं
दुर्गा प्रसाईं । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार (चैत २८) भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई शुक्रबार (चैत २९) झापा हुँदै काठमाडौं ल्याउन लागिएको छ ।

नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो । उनलाई विमानमार्फत काठमाडौैं ल्याइँदै छ ।

प्रसाईं झापा आइपुगेको र काठमाडौं पठाउने तयारी भएको झापा प्रहरी स्रोतले जानकारी दिएको छ ।

यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए, प्रसाईं । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro