site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सातवटै प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा के हुन्छ ? 
फाइल तस्बिर । 

काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । 

देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । विशेषगरी उच्च पहाडमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन् । उनका अनुसार मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उनका अनुसार सातवटै प्रदेशका उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ । 

मौसमविद् झाका अनुसार आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा आज दिनभर बदली हुनेछ । बिहानदेखि नै बदली छ । बिहान लागेको हुस्सु र कुहिरो केही समयमा हटे पनि दिउँसो बादल लाग्नेछ,” मौसमविद् झा भन्छन्, “अपराह्नपछि काठमाडौं वर्षा हुनेछ । ठूलो होइन हल्का वर्षामात्रै हुनेछ ।” 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro