site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीले भन्यो– भ्रममा नपरौँ, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाडौं । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाईं पक्राउ' भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको छ ।

"नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ," प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न समेत अनुरोध गरेको छ ।

490299311_986380310291159_7544571257705301707_n-1744305895.jpg
 

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro