site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौ दिनपछि कार्यालय गए मेयर बालेन
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन् । मेयर बालेन आज एकछिन कार्यालय आएर निस्किएको महानगर स्रोतले जनाएको छ ।

“आज एकछिन कार्यालय आउनुभएको थियो, फेरि निस्किनुभयो,” महानगर स्रोतले भन्यो ।

बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने मेयर बालेन कार्यालयमै रहेको दाबी गरे । “मेयर कार्यालय नआएर कहाँ जाने ? अहिले पनि मेयर सा'ब कार्यालयमै हुनुहुन्छ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए । महानगर प्रहरी बलको अवरोधका बाबजुद उनलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षसम्म पुर्‍याएका थिए ।

त्यतिबेला बालेन दोलखाको भीमसेन पुगेका थिए । महानगर स्रोतका अनुसार, बालेन गत साताको मंगलबारदेखि महानगर गएका थिएनन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro