site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षक र सरकारबीच आज छलफल हुँदै

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षक आज सरकारसँग छलफलमा बस्ने भएका छन् । आफूसहित प्रमुख संघ संगठनका अध्यक्ष बिहीबार अपराह्न ५ बजे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने छलफलमा बस्न लागेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

“हाम्रा माग यी हुन्, यी माग पूरा गरे हामी सडकबाट फर्किन्छौँ भन्ने स्पष्ट पार्न आज छलफलमा बस्न लागेका हौँ,” भण्डारीले बाह्रखरीसित भने ।

शिक्षा ऐन जारी गराउनु नै शिक्षकको अहिलेको मुख्य माग भए पनि त्यसका लागि सरकारसँग वार्तामा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

सरकारका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र मन्त्रालयका सचिवद्वय छलफलमा बस्ने तालिका छ ।

शिक्षकका तर्फबाट आन्दोलन संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायतका नेतृत्वकर्ता छलफलमा बस्दै छन् ।

मन्त्रालयले शिक्षकलाई वार्ताका निम्ति चारपटक औपचारिक आमन्त्रण गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro