site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मान्म (कालीकोट) । वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा सञ्चालनमा आएको छ । रा

स्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

“अहिले पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने, “आज नै सडक सञ्चालनमा आउँछ ।” रासस

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro