site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य एकैदिन तोलामा ५७ सयले बढ्यो, फेरि नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा बिहीबार (चैत २८) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार (चैत २७) छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

यही चैत २१ गते छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य कायम थियो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

ट्रम्पको निर्णयको असर
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर तीन महिनालाई स्थगन गरेपछि यसको असर विश्व सुन बजारमा परेको बताउँछन् । ट्रम्पले भन्सार दर स्थगन गरेपछि लगानीकर्ताले फेरि सुनलाई नै सुरक्षित देखेर लगानी बढाएकाले भाउ बढेको उनले बाह्रखरीसित बताए ।

उनका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३१ सय २७ डलर पुगेको छ । सुनको भाउ अझै तलमाथि भइरहने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro