site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशलाई भारतले गर्‍यो निर्यात सुविधा खारेज
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशलाई भारतले आफ्नो भूमिमा रहेका भन्सार कार्यालय प्रयोग गर्दै तेस्रो देशसँगका व्यापार गर्दा दिँदै आएको निर्यात (ट्रान्ससिपमेन्ट) सुविधा अन्त्य गरिएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार, भारतका विमानस्थल र बन्दरगाहहरूमा अत्यधिक भीड बढेको भन्दै बंगलादेशलाई दिइएको यो सुविधा खारेज गरिएको त्यहाँको पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ ।

ट्रान्ससिपमेन्ट भनेको एउटा देशबाट अर्को मुलुकमा सामान निर्यात गर्दा बीचमा पर्ने तेस्रो राष्ट्रको मार्ग प्रयोग गर्ने सुविधा हो । भारतको मार्ग हुँदै नेपाल र भुटानसम्म पुग्ने बंगलादेशी निर्यात व्यापारमा भने निर्यात सुविधा कायमै रहनेछ ।

बंगलादेशलाई भारतले सन् २०२० जुन २९ मा आफ्ना विमानस्थल र बन्दरगाह प्रयोग गरेर तेस्रो देशमा निर्यात गर्ने सुविधा प्रदान गरेको थियो । यसले भुटान, नेपाल र म्यानमारजस्ता देशहरूमा बंगलादेशी निर्यातलाई सजिलो बनाएको थियो ।

यो निर्णयलाई हालैका दिनहरूमा भारत र बंगलादेशबीच कायम रहेको तनावपूर्ण सम्बन्धसँग जोडिएको सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro