site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ? 

काठमाडौं । देशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर साधरणतयादेखि पूर्ण बदली हुँदा वर्षा भइरहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

पछिल्लो १२ घण्टामा इलाम, सर्लाही, पर्सा, रौतहट र सप्तरीमा सबैभन्दा धेरै वर्षा भएको छ । यी स्थानमा अहिले वर्षा केही कम भएको छ । 

“अहिले उदयपुरको कटारीमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने । 

काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । बिहान ७ देखि ८ बजेसम्म चार मिलिमिटरसम्म वर्षा भएको छ । 

पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै कीर्तिपुरमा वर्षा भएको छ । कीर्तिपुरमा ६ घण्टामा २६.३ मिलिमिटर वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिए । 

उनका अनुसार बबरमहलमा ८.२, ललितपुरको गोदावरीमा १५, टीकाथलीमा ५.५, साँखुमा १.६, सुन्दरीजलमा २.८, पाँचपोखरीमा ७.२ मिलिमिटर वर्षा भएको छ । 

“काठमाडौंमा आज दिनभर केही सयम पानी पर्ने र रोकिनक्रम चलिरहनेछ,” मौसमविद् लामिछानेले भने । 

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ । यो प्रणालीका कारण वर्षा भइरहेको हो । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro