site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशमै बसेर अनलाइनमार्फत् बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत् बैंक–वित्तीय संस्थाको खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने बताएको छ ।

माघ १ गतेबाट बैंक खाता खोल्नु पर्दा अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको भए पनि विदेशबाट खोल्दा यो आवश्यक नपर्ने भएको हो ।

तर, यसरी खाता खोल्नेहरूले नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो । त्यसैगरी आफ्नो हेरचाह्र आफैँ गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ । हाल बैंक खाता खोल्दा वा बैंकमा खाता हुनेहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro