site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकहरू आज पनि सडकमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरूले अस्वीकार गर्दै आएका छन् । सरकारले विगतमा पनि सहमति गरेको तर कार्यान्वयन नगर्ने गरेकाले वार्ताको औचित्य नरहेको उनीहरूको अडान छ ।

शिक्षा ऐन जारी गर्नुपर्नेबाहेक आफूहरूले अहिले कुनै माग नराखेकाले वार्तामा बस्नुको औचित्य नरहेको महासंघले जनाएको छ ।

संसद्को बजेट अधिवेशन तत्कालै सुरु गर्नुपर्ने, विशेष अधिवेशन आह्वान गर्नुपर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।


 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro