site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वी तराईमा वर्षा, काठमाडौंमा कहिले ?

काठमाडौं । पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको इलाम, झापा, मोरङलगायत जिल्लामा वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार, पछिल्लो ६ घण्टामा इलामको कन्काईमा ११.४ मिलिलिटर वर्षा मापन भएको छ । यस्तै, झापाको अनारमनीमा १०.८ मिलिलिटर, झापाको गौरादहमा १०.८ मिलिलिटर, झापाकै शनिश्चरेमा ८.२ मिलिलिटर वर्षा मापन भएको छ र

वर्षा नहुँदा नेपालमा वायु प्रदूषण बढेको छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायत समस्या देखिरहेका छन् । काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने बाह्रखरीसँग भन्छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro