site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले ७२ अर्बमा ३२८ मेगावाटको भारबुंग जलासय आयोजना बनाउँदै  

काठमाडौं । सरकारले हिमाली जिल्ला डोल्पामा ठूलो जलासययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । विद्युत् विभागले प्रस्तावित ३२८ मेगावाट क्षमताको भारबुंग जलासय जलविद्युत् आयोजना बनाउन लागेको हो । 

आयोजना बनाउन विभागले पहिलो चरणमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारीको काम थालेको छ । ईआईए प्रतिवेदनको तयारीका लागि सार्वजनिक सुझावसमेत मागेको विभागले जनाएको छ । 

ईआईए प्रतिवेदन तयारीको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र  न्यूजेक इंक जेभीले संयुक्तरुपमा गरिहेको विभागले जानकारी दिएको छ । 

ईआईए र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि लगानी जुटाएर आयोजना निर्माणको चरणमा जानेछ । सरकारले आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) खाका वा प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई बनाउन दिन सक्नेछ । 

आयोजना डोल्पाको छर्का, ताङसोङ र काइके गाउँपालिका भएर बग्ने भारबुंग नदी र तातु खोलाको पानीलाई सदुपयोग गरी ३२८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।

भारबुंग आयोजना कागफोट बस्तीबाट झण्डै चार किलोमिटरमाथि १५२ मिटर अग्लो बाँध बनाइ ५.१ मिटर व्यासको १५ किलोमिटर लामो सुरुङमार्फत पानी प्रवाह हुनेछ । प्रवाह हुने पानी लिरी खोलानजिक भारबुंग नदीको दायाँ किनारमा बन्ने विद्युतगृहमा खसाइ बिजुली उत्पादनको प्रस्ताव गरिएको विभागले जानकारी दिएको छ ।

1-1744165103.jpg
तातु आयोजनाका लागि भारबुंग नदीदेखि १२ किलोमिटरको दुरीमा तीन मिटर बाँध बनाएर दुई किलोमिटर तल रहेको कागफोट गाउँमा विद्युतगृह बनाइ ३.१ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । 

आयोजनाबाट बिजुली उत्पादन भइ निस्किएको पानीलाई पुनः भारबुंगको हेडरेस सुरुङमा मिसाइनेछ । यसले जलासययुक्त आयोजनामा पानीको बहाब बढाउने भएको छ । तातु आयोजनाबाट निस्किएको पानीलाई भारबुंगमा जोड्दा प्रतिसेकेन्ड १६९ घनमिटर पानी उपलब्ध हुने विभागले जनाएको छ । 

आयोजना बनाउन झण्डै ७२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको काम प्रारम्भीक चरणमा रहेकाले डीपीआर प्रतिवेदन तयारपछि मात्र आयोजनाको लागत यकिन हुनेछ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro