site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा हुने, आजभन्दा भोलि ठूलो पानी पर्ने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ ।

कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । 

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने बाह्रखरीसँग भन्छन् । 

आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै रहेको उनले जानकारी दिए । भोलि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।  

“आजभन्दा भोलि वर्षाको सम्भावना धेरै छ,” मौसमविद् लामिछानेले भने, “पर्सि (शुक्रबार)लाई पनि वर्षाको सम्भावना छ । शुक्रबार दिउँसोभन्दा बिहानको राति बढी वर्षाको सम्भावना छ ।” 

पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षाको सम्भावना रहेको हो । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro