देश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको कार्यक्रमबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
मंगलबार काठमाडौंको बल्खुमा राप्रपाको खबरदारीसभामा घुसपैठ भएको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको मन्थली-४ का १८ वर्षीय सुवास खड्का, नवलपरासी हर्कपुर-४ का २७ वर्षीय रन्जित क्षेत्री, दाङ घोराही-४ का भरत वली र धादिङको रुबी भ्याली-४ का ३० वर्षीय रमेश लामा छन् ।
उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । कुनै पार्टीमा आबद्ध नभएको खुलेपछि उनीहरूलाई छाड्ने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १७:०७
प्रतिक्रिया दिनुहोस्