site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (चैत २६) सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम छ । सोमबार (चैत २५) छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro