site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ? 

काठमाडौं । एनआईसी एसिया बैंकमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका सात लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो । संस्थापक सेयर कसले बिक्री गर्न लागेको खुलेको छैन ।

बैंकमा भएका संस्थापकको हुने गरी सेयर बिक्री गर्न लागिएको छ । आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले भनेको छ ।

बैंकको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बैंकले जनाएको छ ।

बिक्रीका निम्ति यसअघि खुला गरिएकामा आवेदन नपरेपछि रोकिएको थियो । पुनः बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro