बाह्रखरी गल्फ
-1743849428.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल युवा र क्रियाशील जनसंख्या बढी भएकोले यसबाट लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको 'बाह्रखरी गर्ल्फ तथा आर्थिक परिसंवाद'मा प्रधानमन्त्री ओलीले हालको जनसंख्याबाट लाभ लिन नसकिए पछाडि परिने बताए ।
"६० प्रतिशत हामीसँग क्रियाशील जनसंख्या छ । ४० प्रतिशत त युवा जनसंख्या छ," प्रधानमन्त्री ओलीले भने, "हामी सतर्क हुनुपर्छ । नत्र हामीले यो जनसंख्याबाट लाभ लिन सक्दैनौँ ।"
नेपालमा खनिज, वनजंगल र पानी जस्ता स्रोत भएकाले यी सम्भावनाबाट अधिक फाइदा लिन सकिने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१ १६:३३
प्रतिक्रिया दिनुहोस्