site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता

काठमाडौं । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयबीच सम्झौता भएको छ । दिगो खानेपानी व्यवस्थापनका लागि मन्त्रालयकी सचिव सरिता दवाडी र खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले सम्झौता गरे ।

सम्झौतामा खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सबैलाई सर्वसुलभरूपमा पर्याप्त, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा पानीको बाँडफाँट तथा जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधिसम्बन्धी काम सिँचाइ मन्त्रालयले गर्ने उल्लेख छ ।

सम्झौताले नेपालको संविधान, दिगो विकास लक्ष्य, खानेपानी सरसफाइ तथा स्वच्छता नीति, ०८०, खानेपानी तथा सरसफाइ ऐन, २०७९ ले खानेपानी तथा सरसफाइलाई मौलिक हकको रूपमा परिभाषित गरेअनुसार सबैलाई सधैँका लागि सुरक्षित खानेपानी पहुँच पुर्‍याउन लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा खानेपानी मन्त्रालयले भविष्यमा कार्यान्वयन गर्न लागेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामध्ये जलस्रोतको बहुउपयोगको साझेदारी गर्नुपर्ने देखिएका आयोजना यकिन गरी त्यस्ता आयोजनाका लागि आवश्यक पर्ने खानेपानीको स्रोत, जल स्थानान्तरण स्थान, जलस्रोतको परिमाणको जानकारी सिँचाइ मन्त्रालयलाई गर्ने उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro