site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वायु प्रदूषणले काठमाडौंको भिजिविलिटी न्यून
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । 

बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ । 

काठमाडौंमा आज बिहान ६ बजेको भिजिविलिटी तीन किलोमिटर रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछन् । “अहिले बिहान काठमाडौंको भिजिविलिटी तीन किलोमिटर छ,” उनले बाह्रखरीसँग भनिन्, “यो भिजिविलिटीले सामान्यतया विमान उडान र अवतरणमा समस्या पुर्‍याउँदैन ।” 

घाम लागेर दिन छिप्पिँदै जाँदा भिजिविलिटी घट्दै जाने उनको भनाइ छ । यो नियमित प्रक्रिया हो । 

“हिजो दिउँसो काठमाडौंको भिजिविलिटी एक किलोमिटर थियो । केही दिन पहिला १५ सय मिटर थियो,” मौसमविद् मानन्धर भन्छिन्, “आज दिउँसो पनि यसकै हाराहारीमा हुन्छ ।” 

वायु प्रदूषण उच्च हुँदा भिजिविलिटी न्यून हुँदै गएको छ । पछिल्लो साता काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा अगाडि रहँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro