site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्यो अमेरिकी डलरको मूल्य 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । 

हिजो अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा थियो । हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य घटेको हो ।  

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८  पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा तोकिएको छ । स्वीस फ्र्यांक एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६  रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा तोकिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २१ पैसा र बिक्रीदर २० रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ३२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro