site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनकुनेबाट भाग्न प्रयोग गरेको स्कार्पियो इटहरीबाट बरामद, कहाँ लुके दुर्गा प्रसाईं ?

काठमाडौं । दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी उपत्यका प्रहरी कार्यालयले फेला पारेको हो ।

उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । इटहरीबाट उक्त गाडी काठमाडौं ल्याइएको छ । बा४२०८ नम्बरको स्कारपियो काठमाडौं ल्याइएको हो ।

चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए । उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बन्दा २ जनाको ज्यान गएको थियो ।

त्यस्तै, विभिन्न ठाउँमा लुटपाट मच्चिएको थियो । प्रहरी अधिकारीले भने प्रसाईं भागेर भारत पुगेको दाबी गरेका छन् । 

दुर्गा कुन बाटो हुँदै भारत पुगे भन्नेबारेमा भने अनुसन्धानमा संलग्न अधिकारी नै एकरूपता हुन सकेका छैनन् ।

केही अधिकारीले ललितपुर फर्सीडोल हुँदै पर्साको ठोरी हुँदै भारत भागेको दाबी गरेका छन् । तर, केही अधिकारीको दाबी भने झापाको बाटो प्रयोग गरेर भारत पुगेको भन्ने छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro