site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हंगेरीले अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता छाड्ने
तस्बिर : रोयटर्स ।

काठमाडौं । हंगेरीले सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को सदस्यताबाट आफ्नो मुलुक हट्ने घोषणा गरेको छ । प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारी गर्गेली गुल्यासले यो घोषणा गरेको बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू हंगेरीको राजकीय भ्रमणमा आएको केही घण्टापछि उसले यस्तो निर्णय गरेको हो । नेतान्याहूविरुद्ध आईसीसीले गिरफ्तारी आदेश जारी गरेको छ ।

गएको नोभेम्बरमा आईसीसीले गिरफ्तारी आदेश जारी गर्नेबित्तिकै ओर्बनले नेतान्याहूलाई आमन्त्रण गरेका थिए । उनले आईसीसीको गिरफ्तारी आदेशले हंगेरीमा ‘कुनै प्रभाव नपर्ने’ पनि बताएका थिए ।

इजरायल र हमासबीचको युद्धका बेला मानवताविरुद्ध अपराध गरेको भन्दै नोभेम्बरमा आईसीसीका न्यायाधीशले नेतान्याहूलाई पक्राउ गर्न आदेश दिएका थिए । नेतान्याहूले आईसीसीको यो निर्णयलाई यहुदीविरोधी भनेर आलोचना गरेका थिए ।

हाल विश्वका १२५ देश आईसीसीका सदस्य छन् । हंगेरी आईसीसीको संस्थापक सदस्य हो । तर, अमेरिका, रुस, चीन, इजरायलजस्ता देश अझै पनि आईसीसी सदस्य भएका छैनन् ।

आईसीसीले रोम विधानमा सहमत देशहरूको भूभागमा नरसंहार, मानवताविरुद्ध र युद्ध अपराधको आरोप लागेका व्यक्तिमाथि मुद्दा चलाउने अधिकार राख्छ ।

इजरायल आईसीसीको सदस्य होइन । तर, प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघले २०२१ मा सदस्यका रूपमा स्वीकार गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro