site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमारको सेनाले घोषणा गर्‍यो २१ दिने युद्धविराम

काठमाडौं । म्यानमारको सेनाले २१ दिने युद्धविराम घोषणा गरेको छ । गत शुक्रबार गएको विनाशकारी भूकम्पपछि राहत वितरण र पुनर्लाभको कामलाई सहज बनाउन युद्धविराम घोषणा गरिएको सेनाले जनाएको छ ।

तर, युद्धविराम पालना हुने/नहुने सुनिश्चित भइनसकेको न्युयोर्क टाइम्सले जनाएको छ ।

गत शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि पनि म्यानमारको सैन्य सरकारले देशको सशस्त्र विद्रोही समूहविरुद्ध धेरै हवाई आक्रमण गरिरहेको विद्रोही समूहले बताएको थिए । 

भूकम्पबाट म्यानमारमा कम्तीमा २,७०० जनाको ज्यान गएको छ । भूकम्प गएलगत्तै म्यानमारको संघर्षरत निर्वासित छायाँ सरकार (राष्ट्रिय एकता सरकार) र तीन विद्रोही समूहको गठबन्धनले युद्धविराम घोषणा गरेका थिए । तर, चार वर्षअघि सैनिक कूबाट सत्ता कब्जा गरेको सेनाले युद्ध रोक्ने कुनै संकेत दिएको थिएन ।

सेनाको युद्धविराम घोषणा भूकम्पपीडितलाई खाना र औषधि वितरण गर्ने चिनियाँ रेडक्रसको एक समूहलाई आक्रमण गरेको एक दिनपछि आएको हो । उक्त आक्रमणपछि मानव अधिकारवादीबाट सैन्य सरकारको व्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro