site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तुवाँलोले विमान ‘डिले’, आईएफआरको प्रयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी बिहीबार (चैत २१) निकै न्यून भएको छ । काठमाडौंमा बाक्लो तुवाँलो लागेपछि भिजिबिलिटी निकै कम भएको हो ।

बिहीबार दिउँसो साढे १ बजे उक्त क्षेत्रको भिजिबिलिटी तीन हजार मिटरमा झरेको विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी घटेसँगै विमान उडान र अवतरणमा ढिलाइ भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

“भिजिबिलिटी कम हुँदा उडान रोकिएको त छैन, तर निकै ढिलाइ भएको छ,” उनले बाह्रखरीसित भने ।

विमान उडान र अवतरणमा भिजिएफ (भिजुअल फ्लाइट रुल)ले काम नगरेपछि आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) प्रविधिबाट उडान र अवतरण भइरहेको निरौलाले जानकारी दिए ।

“भीएफआरले काम गरेको छैन, आईएफआर प्रयोग गर्नुपरेको छ । यसले गर्दा विमान डिले भइरहेको छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro