site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार (चैत २१) विज्ञप्ति जारी गर्दै छलफलमार्फत साझा धारणा बनाउन सकिने जनाएको छ ।

“शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्मण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै शिक्षकहरूले बुधबार (चैत २०)देखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेका छन् । विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलक्रममा छ । तर, संसद्को हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरियो । अर्को अधिवेशन (संसद् बैठक) आह्वान गरिएको छैन ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro