site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं नगरप्रहरीको घेरा तोडेर कार्यालयमा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार मध्याह्न महानगर पुगेका उनलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

नगरप्रहरीले उनलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । तर, नगरप्रहरीको घेरा तोडेर उनी कार्यालय प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए ।

०८१ पुस १४ गते निलम्बनमा परेका गुरागाईं आज (चैत २१) कार्यालय आएका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भनेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro