site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको वायु ‘अति अस्वस्थकर’, विश्वकै प्रदूषित

काठमाडौं । काठमाडौं उपत्यकाको वायु पछिल्लो साता उच्च प्रदूषित छ । वातावरण विभागका अनुसार, पछिल्लो २४ घण्टामा उपत्यकाका पाँच स्थानको वायु ‘अति अस्वस्थकर’ रह्यो ।

ती स्थानमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० भन्दा माथि रहेको विभागको तथ्यांक छ । बिहीबार (चैत २१) बिहान ११ः३० बजेको रेकर्ड अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौंको रत्नपार्क सर्वाधिक प्रद्रूषित रह्यो ।

उक्त अवधिमा रत्नपर्कको एक्यूआई २२२, शंखपार्कको २१९, ललितपुरका भैँसेपाटीको २१६ र खुमलटारको २०६ र भक्तपुरको २०९ मापन गरिएको छ । वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकमा विश्वका १२४ सहरमध्ये काठमाडौं सर्वाधिक प्रदूषित देखिएको छ ।

गएको आइतबारयता काठमाडौं प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा छ । आईक्यू एयरका अनुसार, बिहीबार बिहान ११ः३० बजे काठमाडौंको एक्यूआई ३०८ मापन गरिएको छ । त्यो खतराको तह हो ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro