site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुमार्गीले साढे २० करोड कर नतिरेपछि सम्पत्ति लिलाम गरेर असुल्ने सरकारकाे चेतावनी 

काठमाडौं । व्यवसायी अजयराज सुमार्गीले सरकारलाई कर तिर्न अटेर गरेका छन् । उनको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
 
लामो समयदेखि बक्यौता कर नतिरेपछि राजस्व कार्यालयले आउँदो १५ दिनभित्र कर बुझाउन उनलाई समय दिएको छ । 

कर नबुझाए बैंक खाता र घरजग्गा रोक्का गरी लिलामी प्रक्रिया अघि बढाउने चेतावनी कार्यालयले दिएको छ । यस्तै मुलुकबाहिर जानसमेत रोक्ने जानकारी कर कार्यालयले दिएको छ ।

नवीकरण शुल्क बुझाउन नसकेपछि सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटलाइट टेलिकम कम्पनीको लाइसेन्स सरकारले खारेज गरेको छ । उनले हेलो नेपाल ब्रान्डबाट सीमित मोबाइल सेवा सुरु गरेका थिए । 

सुमार्गी उच्च राजनीतिक पहुँच भएका रहस्यमयी व्यवसायीका रूपमा चिनिन्छन् ।  छोटो समयमा उनले गरेको अस्वभाविक आर्थिक विस्तारको राज अहिलेसम्म खुलेको छैन ।

सुमार्गीले विदेशबाट प्रत्यक्ष वैदेशिक लगानीका रूपमा ठूलो रकम नेपाल भित्र्याएको आरोप लाग्दै आएको थियो । 

उनले ट्याक्स हेभन मुलुक भर्जिन आइल्यान्डबाट स्रोत नखुलेको रकम नेपाल ल्याउने गरेको आरोप लाग्दै आएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटमा रहेर चर्चा बटुलेका व्यवसायी सुमार्गी अहिले गुमनाम छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro