site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानव सेवा आश्रमद्वारा एक करोडको अक्षयकोष स्थापना

झापा । सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा एक करोडको अक्षयकोष स्थापना गरेको छ ।

सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । 

अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनिक खर्च जुटाउन सहज हुने उनको भनाइ छ । 

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई बिघा पाँच कट्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरमा आश्रमको औपचारिक उद्घाटन गरेका थिए । 

गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ । हाल यहाँ ४३ जना रहेका छन् । ७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उनीहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँचजनाको देहान्त भएको संयोजक विश्वकर्माले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro