site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–६, तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भइ काठमाडौं महानगरपालिका–६ स्थित राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्षीया मुमेन तामाङ रहेकी प्रहरीले जनाएको छ ।

बुधबार साँझ ५ः२७ बजेको समयमा उनको कोठामा आगलागी भएको थियो । जलिरहेको देखेपछि तामाङलाई तत्काल उद्धार गरिएको थियो । उपचारका क्रममा साँझ ६ः२० बजेको समयमा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

आगलागीको कारण नखुलेको उनले बताए । आगलागी पूर्णरूपमा नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङ समेतको टोलीले आगो नियन्त्रणमा ल्याएको थियो । रासस

 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro