site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाऊ आदेश गरेको छ ।

न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले आज प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश गरेको हो ।
 
अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाई चैत १७ गते दायर गरेको रिट निवेदनमा उनको नियुक्ति बदर गर्न माग गरिएको छ ।
 
मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।रासस

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro