site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवीन्द्र मिश्रसहित ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप ६ दिनको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न दोस्रोपटक म्याद दिएको छ ।

चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा मिश्रसहित राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर राणासहित ४१ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

पहिलोपटक ५ दिनको अनुमति दिएको जिल्ला अदालतले बुधबार दोस्रोपटक ६ दिनको म्याद दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । 

प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भने अझै फरार छन् ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro