site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको स्पष्टीकरण– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ

काठमाडौं । नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, प्रहरीले चैत १५ गते (शुक्रबार) दिउँसो २:५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे ।

"स‍बै उत्तेजित भिडका कारण घटेको घटना हो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो," घटनाबारे जानकारी दिन बुधबार प्रहरी क्लब भृकुटीमण्डमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी आचार्यले भने ।

राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो ।

अनावश्यक बल प्रयोग गरेको भन्दै कतिपयले प्रहरीको आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro