site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार सुरेशको पोस्टमार्टम रिपोर्ट ‘अगाडि मारेर पछि आगो लागेको देखिएन’

काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।  

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।
 
“शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो । शरीरमा कुनै गोली लागेको छैन । अगाडि मारेर पछि आगो लागेको देखिएन । आगोले जलेरै उनको मृत्यु भएको खुल्यो,” अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले बाह्रखरीसित भने । 

आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro