site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रिक्सामा छुटेको एक लाख नगद र आइफोन चार दिनपछि भेटियो

विराटनगर । मोरङ प्रहरीले रिक्सामा छुटेको एक लाख रुपैयाँ नगद र आइफोन खोजेर सम्बन्धित धनीलाई फिर्ता गरिदिएको छ । चार दिनअघि सिटी रिक्सामा छुटेको सामान खोजतलास गरेर बुधबार फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यही चैत १६ गते विराटनगरको भट्टाचोकबाट शनिमन्दिर जाने क्रममा स्थानीय सीता खड्काले आफ्नो झोलामा सिटी रिक्सामा छाडेकी थिइन् ।

खोजतलास गरिदिन निवेदन परेपछि प्रहरीले खोजेर भेटाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले बताए ।

प्रहरीले प्र. १ ०२००३ हो ६०९० नम्बरको सिटी रिक्सा चालकको विराटनगर–१, स्थित घरमा ती सामानसहितको झोला केला पारी सम्बन्धित धनीलाई फिर्ता गरिदिएको हो ।

झोलामा एक लाख नगद र आइफोन १३ राखिएको थियो ।‌

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro